२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले दुई दिनमा दुई जना प्राविधिक सहसचिव सिफारिस गरेको छ ।
आयोगले बुधबार नेपाल वन सेवा, जनरल फरेष्ट्री तर्फ खुल्लाबाट नाम निकालेका ३ जना मध्ये हेटौंडाका नवराज पुडासैनीलाई सहसचिवमा सिफारिस गरेको हो । यस्तै वैकल्पिकमा मोहनराज काफ्लेलाई आयोगले सिफारिस गरेको छ ।
यसअघि मंगलबार कृषि, खाद्य पोषण तथा गुण नियन्त्रण समुहबाट सुनसरीका सोमकान्त रिजाल सहसचिवमा सिफारिस भएका छन् । खुल्लाबाट नाम निकालेका रिजालको विकल्पमा प्रशान्त पोखरेल सिफारिस भएका छन् ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थायी नियुक्तिको लागि सिफारिस गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij