Logo

२०७९ आषाढ १३ गते सोमवार

images

रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’ले जित्यो चार पालिका

रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’ले जित्यो चार पालिका

खबर सेन्टर

७ जेठ २०७९
  • 1.1K
    SHARES
  • images
    रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’ले जित्यो चार पालिका
    images

    गत पुस १९ गते निर्वाचन आयोगले ‘नागरिक उन्मुक्ति पार्टी’ लाई नयाँ दलका रुपमा मान्यता दियो। 

    रञ्जिता श्रेष्ठ उक्त दलकी अध्यक्ष थिइन् । सुरुमा यो दल कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको नाममा दर्ता गर्ने तयारी थियो।

    टीकापुर नरसंहारका मुख्य दोषी भनिएका चौधरी डिल्लीबजार कारागारमा रहेका कारण तयारी सम्भव नभएपछि उनकी श्रीमती रञ्जिताले आफ्नो नाममा दल दर्ता गराएकी थिइन्।  

    दल दर्ता भएपछि रञ्जिताले गृहनगर टीकापुर क्षेत्रका थारु अगुवासँगको छलफल र भेटघाटलाई तीव्रता दिन थालिन्। उनले आउँदै गरेको स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि बढाइन्। नवगठित दल ‘नागरिक उन्मुक्ति पार्टी’ ले आसन्न स्थानीय तह निर्वाचन लड्न थालनी गरेको तयारीलाई ठूला दलका नेता–कार्यकर्ताहरुले ‘हलुका’ का रुपमा लिए। 

    थारु समुदायलाई आफ्नो पक्षमा तान्न उनले त्यहाँ आफूलाई सक्रिय बनाइन्।  दल दर्ताको छोटो समयमै रञ्जिताले स्थानीय तह निर्वाचनका लागि टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा पार्टीका उम्मेदवार खडा गरिन्। 

    यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ लाई ‘दोकान’को संज्ञा दिए। निर्वाचन अगाडि चौधरीले गरेको टिप्पणीबारे मतपरिणाम सार्वजनिक हुँदै गर्दा सामाजिक सञ्जालमा चर्चा हुन थाल्यो। 

    रञ्जिताको दल चार पालिकामा नेतृत्वमा पुगेको छ। मतपरिणाम अनुसार उक्त दल टीकापुर र भजनी नगरपालिकामा प्रमुख तथा जोशीपुर र जानकी गाउँपालिकामा अध्यक्षमा विजयी भएको छ।   

    टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा ९ हजार ६४२ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत पाएका छन्। 

    भजनी नगरपालिका प्रमुखमा केवल चौधरी ८ हजार ९६६ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीले ५ हजार १९८ मत ल्याएका छन्। ‘नागरिक उन्मुक्ति पार्टी’ का चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित जोशीपुर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत प्राप्त गर्दा राप्रपाका भीमबहादुर बमले ३ हजार १८९ पाएका छन्। 

    जानकी गाउँपालिकामा उक्त पार्टीका तर्फबाट पत्रकार गणेश चौधरी विजयी भएका छन्। कान्तिपुर दैनिकमा आवद्ध उनी राजीनामा दिएर निर्वाचनमा होमिएका थिए। चौधरी ७ हजार १५१ मतसहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्।

    images
    प्रकाशित मिति :जेठ ७ २०७९ शनिवार - १४:३६:०२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार