सिन्धुपाल्चोक जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले शपथग्रहण गरेका छन्।
जिल्ला न्यायाधीश तथा जिल्ला निर्वाचन आयुक्त चन्द्र प्रकाश तिवारीले सबै पालिकाका प्रमुख तथा अध्यक्षलाई शपथग्रहण गराएका हुन्।
सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन्। जसमा नेपाली कांग्रेस ५, नेकपा एमाले ३ र माओवादी केन्द्र ४ पालिकाका प्रमुखमा विजयी भएको छ। कांग्रेसले हेलम्बु गाउँपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बाह्रबिसे नगरपालिका र मेलम्ची नगरपालिकाको प्रमुख जितेको हो।
एमालेले इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपालधाप गाउँपालिका र सुनकोशी गाउँपालिकाको प्रमुख जितेको छ।
त्यस्तै, माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र लिसङ्खु पाखर गाउँपालिकामा प्रमुख जितेको हो।