Logo

२०७९ आषाढ १३ गते सोमवार

images

अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित

अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित

खबर सेन्टर

६ जेठ २०७९
  • 1.4K
    SHARES
  • images
    अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित
    images

    कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा निर्वाचित भएका छन् । रौैतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।

    उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाए । उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याइन् ।

    बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित भएका हुन् ।

    images
    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - १६:३६:२७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार