Logo

२०७९ आषाढ १३ गते सोमवार

images

पोखरा महानगर: गठबन्धनकाे अग्रता कायमै, कसले कति मत ल्याए ?

पोखरा महानगर: गठबन्धनकाे अग्रता कायमै, कसले कति मत ल्याए ?

खबर सेन्टर

६ जेठ २०७९
  • 1.6K
    SHARES
  • images
    पोखरा महानगर: गठबन्धनकाे अग्रता कायमै, कसले कति मत ल्याए ?
    images

    पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनकाे अग्रता कायमै रहेकाे छ । गठबन्धनबाट मेयरतर्फ नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी काेपिला रानाभाटले अग्रता कायमै राख्दा एमालेका कृष्ण थापा र मञ्जुदेवी गुरुङले पछ्याइरहेका छन् ।

    पाेखरामा ६५ हजार ४ सय ६२ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई ३ हजार २ सय ७० मतले पछि पारेका हुन् । आचार्यले २६ हजार ९ सय ७० मत प्राप्त गरेका छन् भने एमालेका थापाले २३ हजार ६ सय ९८ मत ल्याएका छन् ।

    त्यस्तै मेयर मै राप्रपाका शंकर खरालले २ हजार ७ सय ७५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ६ सय ७० मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मदवार कोपिला रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङलाई १ सय ६५ मतले पछि परेकी छिन् ।

    रानाभाटले २७ हजार २ सय ८४ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार १ सय १९ मत ल्याएकी छिन् । राप्रपाकी रञ्जना सेनले २ हजार ५ सय ८८ मत प्राप्त गरेकी छिन् ।

     

    images
    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - १२:३२:१३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार