Logo

२०७९ जेठ ७ गते शनिवार

images

आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने

आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने

खबर सेन्टर

२८ बैशाख २०७९
  • 820
    SHARES
  • images
    images
    आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने
    images

    निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ।

    images
    images
    images

    आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुनेछन्।

    पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको हो। यस्तै आयोगले मतदाता शिक्षा पनि दिने भएको छ।

    मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

    यसअघि आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षणसमेत दिएको थियो।

    images
    प्रकाशित मिति :बैशाख २८ २०७९ बुधवार - ०८:२४:५४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार