Logo

२०७९ जेठ ८ गते आइतवार

images

निर्वाचन आयोगद्धारा भुमि आयोग ताहाचलका उपाध्यक्ष र चितवनका अध्यक्षलाई ३ दिनभित्र स्पष्टिकरण माग

निर्वाचन आयोगद्धारा भुमि आयोग ताहाचलका उपाध्यक्ष र चितवनका अध्यक्षलाई ३ दिनभित्र स्पष्टिकरण माग

खबर सेन्टर

२७ बैशाख २०७९
  • 617
    SHARES
  • images
    images
    निर्वाचन आयोगद्धारा भुमि आयोग ताहाचलका उपाध्यक्ष र चितवनका अध्यक्षलाई ३ दिनभित्र स्पष्टिकरण माग
    images

    निर्वाचन आयोगले राष्ट्रिय भुमि आयोग ताहाचल काठमाडौंका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्लाका अध्यक्ष बद्री तिमिल्सिनालाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    आयोगले तिमिल्सिना र खड्काले निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रत्यक्ष प्रभावित पार्न चितवनको भरतपुर–११ गणेस्थानमा भुमिको निस्सा बाडेको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    आयोगले स्थानीय तह निर्वाचनको सम्मुखमा भरतपुुरका मतदातालाई भुमिको निस्सा बाँडेको हो वा होइन् ? बाँड्दा आचारसंहता विपरित हुन्छ/हुँदैन ? पत्र प्राप्त भएकोले स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो ।

    साथै आयोगले राष्ट्रिय भुमि आयोगलाई मातहतबाट हुने भुमिको निस्सा वितरण सम्बन्धि सम्पुर्ण कार्य स्थानीय तह निर्वाचनको लागि निर्वाचन आचारसंहिता लागु रहने अवधिसम्म स्थगित गर्न समेत अनुरोध गरेको छ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १५:५७:४४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार