Logo

२०७९ जेठ ८ गते आइतवार

images

जेठ ५ गते भित्रै मतगणना सार्वजनिक गरिसक्ने यस्तो छ आयोगको तयारी

जेठ ५ गते भित्रै मतगणना सार्वजनिक गरिसक्ने यस्तो छ आयोगको तयारी

खबर सेन्टर

२७ बैशाख २०७९
  • 2.5K
    SHARES
  • images
    images
    जेठ ५ गते भित्रै मतगणना सार्वजनिक गरिसक्ने यस्तो छ आयोगको तयारी
    images

    निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मत परिणाम एक साताभित्रै सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोग एक आयुक्तका अनुसार सात दिनभित्रै मतगणना सक्ने गरी तयारी गरिएको छ ।

    images
    images
    images

    आउँदो जेठ ५ गते स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिँदै छ । सोहीअनुसार आयोगले सात दिनभित्रै मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको हो ।

    आयोगले थोरै मतदाता रहेका पालिकाहरूमा जेठ ५ अगावै निर्वाचित पदाधिकारीहरूको शपथलगायत काम गर्ने तयारी गरिएको छ । धेरै मतदाता रहेका र महानगरपालिकाहरूमा अघिल्लोपटकजस्तो धेरै दिन नलगाइने आयोगले जनाएको छ ।

    वैशाख ३० गते देशभर एकै चरणमा हुन लागेको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १३:५४:३२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार