Logo

२०७९ जेठ ८ गते आइतवार

images

अरु कुरा गर्छन्, हामी काम गर्छौं: देउवा

अरु कुरा गर्छन्, हामी काम गर्छौं: देउवा

खबर सेन्टर

२७ बैशाख २०७९
  • 477
    SHARES
  • images
    images
    अरु कुरा गर्छन्, हामी काम गर्छौं: देउवा
    images

    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताएका छन् । मंगलबार मतदातालाई अपिल जारी गर्दै देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको पनि बताए ।

    images
    images
    images

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनमा निर्भिकताका साथ सहभागी भई मतदान गर्न पनि देउवाले मंगलबार विज्ञप्तिमार्फत आह्वान गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार नागरिकको हातमा आएको बताए ।

    स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न काँग्रेस कसैसँग सम्झौता नगर्ने देउवाले बताए । तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक भएको देउवाले बताए ।

    संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेपछि काँग्रेसको नेतृत्वमा संविधानको अक्षरका लागि पाँच दलीय गठबन्धन बनेको उनको भनाइ छ ।  गठबन्धनको सरकारले कोभिड – १९ को नियन्त्रण गर्नुका साथ काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गरिएको बताए । ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ,’विज्ञप्तिमा उल्लेख छ । 

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १३:४०:३९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार