Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भारतमा लगाइयो कोरोनाविरुद्धको खोप : ४४७ जनामा साइड इफेक्ट

भारतमा लगाइयो कोरोनाविरुद्धको खोप : ४४७ जनामा साइड इफेक्ट


  • 11.9K
    Shares

    • images
    भारतमा लगाइयो कोरोनाविरुद्धको खोप : ४४७ जनामा साइड इफेक्ट
    images

    नयाँ दिल्ली । भारतमा कोरोना विरुद्धका खोप लगाएकाहरु बिरामी पर्न थालेका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरि १६ जनवरीका दिन खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको र ३ जना अस्पताल भर्ना भएको जानकारी दिएको हो ।

    खोप लगाएपछि निगरानीमा रहेकाहरुमध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले खोप लगाइसकेपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएमा त्यसलाई गम्भीर भन्न सकिने उल्लेख गर्दै हालको अवस्थामा जम्मा ३ जनालाई मात्रै अस्पताल भर्ना गरिएकाले यसलाई गम्भीर भन्न नमिल्ने बताए ।

    उनले खोप लगाएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने र मन आत्तिने जस्ता समस्या देखिएको पनि बताए । स्वास्थ्य सचिव अगनानीका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइसकिएको छ । भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म १ करोड ५७ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् एक लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - ११:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij