Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

१० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज बोलकबोल

१० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज बोलकबोल


  • 3.6K
    Shares

    १० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज बोलकबोल
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।

    राष्ट्र बैंकले ९१ दिन अवधिको लागि ५ अर्व २० करोड रुपैयाँ र १८२ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। ९१ दिन अवधिको ट्रेजरी आगामी साउन ३ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी कार्तिक १ गते परिपक्व हुनेछ।

    ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ। आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।

    प्रकाशित मिति :बैशाख ५ २०७९ सोमवार - ०९:५६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij