Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने


  • 3.2K
    Shares

    घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने
    images

    राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।

    कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुहिने फोहोर र नकुहिने फोहोर संकलन गर्न आउने बार प्लास्टिकलगायतका नकुहिने फोहोर संकलन गर्ने जनाएको छ ।

    कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वैशाख १ गतेबाट वडा नम्बर १० मा यो व्यवस्था लागु भइसकेको जानकारी दिँदै  भने– ‘हामीले हिजोबाट प्रक्रिया शुरू गरेका छौँ, यो महिनासम्म सूचना, माइकिङसहित प्रचारप्रसार हुनेछ, जेठबाट सबै वडामा लागु गर्नेछौं । स्रोतमै फोहोरको वर्गीकरण नगरे जेठ १ गतेबाट जरिवाना तिराउन शुरू गर्नेछौँ ।’

    विभागले आइतबार, मंगलबार र शुक्रबार नकुहिने फोहोर संकलन गरिने जनाएको छ । त्यसै गरी सोमबार, बुधबार र बिहीबार कुहिने फोहोर संकलन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ । सर्वोच्च अदालतले १० वर्षअघि वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गर्ने व्यवस्था गर्न कामपालाई निर्देशनात्मक आदेश दिएको थियो । आदेशपछि केही महिना फरकफरक बारमा दुई प्रकारको फोहोर जम्मा गरी व्यवस्थापन गर्ने व्यवस्था शुरू गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - ०६:५६:५३ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij