२०८२ भाद्र २५ गते बुधवार
२१ पटकसम्म लोकसेवा भिडेर असफलता झेलेका र २२ औं पटकमा अधिकृतमा नाम निकाल्न सफल भएका कञ्चनराज गिरीले अन्तत ५ महिना पूरा नहुँदै सरकारी जागिरबाट राजीनामा ठोकेका छन् ।
गत कार्तिक ३० गते नियुक्ती पत्र बुझेर मंसिर १ गतेदेखि अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका गिरीले चैत्र २४ गते पदबाट राजीनामा दिएका छन् ।
कालीगण्डकी ए जलविद्युत आयोजनामा प्रशासन प्रमुखको रूपमा कार्यरत रहेका गिरीले सरकारी जागिर खाएको ४ महिना २४ दिनमै राजीनामा दिएका हुन । कार्यालय प्रमुख काठमाडौंमा भएका कारण उनको राजीनामा स्वीकृत भइसकेको छैन । उनको राजीनामा यही ३० गते स्वीकृत हुने जनाइएको छ ।
आखिर सरकारी स्थायी नियुक्ति लिएको ४ महिना २४ दिन अर्थात १४४ दिनमै गिरीले किन राजीनामा दिए त ? अनि यसरी राजीनामा नै दिनु थियो भने २१ औं पटक सम्म लोकसेवा तयारी किन गरिरहे ?
गिरीले झण्डै सात बर्ष निजामती निजामती कर्मचारी अस्पतालको प्रशासन सहायकका रुपमा काम गरे । गिरी चाहन्थें लोकसेवा भिडेरै अधिकृतमा नाम निकाल्न ।यस्ता असफलताबाट कहिलेकाहीँ उनलाई पनि अत्यास लाग्थ्यो । उनी ३५ बर्ष पुग्दै थिए अर्थात सरकारी सेवा प्रवेशको अधिकतम उमेर हद । उमेर जति बढ्दै जान्थ्यो उनको मनमा अत्यास पनि उत्तिकै बढ्दै जान्थ्यो ।६९ सालदेखि लगातार नौं बर्ष सम्म अधिकृत तहको परिक्षा भिडे ।
यो बीचमा लोकसेवा अधिकृतको परीक्षामा २१ पटक फेल भए तर हरेश खाएनन । यही आँट,धैर्यता र लगावका परिणाम निस्कियो ०७८ कार्तिकमा लगातार परीक्षामा भिड्न थालेको नवौं वर्षमा नेपाल विद्युत प्राधिकरण, प्रशासन सेवाको सातौं तह (प्रशासकिय अधिकृत) मा सफल भएका उनै गिरीले अहिले राजीनामा दिएसँगै उनीमाथि लगातार एउटै प्रश्न तेर्सिने गरेको छ ? राजीनामा गर्ने भए जागिर किन खाएको ?तर गिरी आफ्र र आफ्नो सामाजिक सुरक्षाका लागि भन्दा पनि आफू जहाँ काम गर्छु त्यहाँ केही न केही परिवर्तन गर्नै पर्दछ भन्ने ढंगले आफूले काम गर्ने गरेको सुनाउँछन् ।
देशको सेवा गर्न कि त नेता बन्नुपर्यो वा त कर्मचारी प्रशासनको साघुँरो घेरा तोडेर राजनीतिको घेरा अलि फराकिला र ठूलो घेरामा काम गरौं भन्ने उदेश्यले आफूले राजीनामा दिएको गिरीको कथन छ । गिरी स्वतन्त्र रुपमा बनेपा नगरपालिकाबाट मेयरमा उठ्ने तयारी गर्दैछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij