Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

१५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

१५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक


  • 3.5K
    Shares

    १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो ।

    बिल खरिदका लागि सार्वजनिक सुचना गरेको बैंकले भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरुको बाँडफाँड हुने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।

    सार्वजनिक बोलकबालमार्फत बाँडफाँड हुने बिलमा अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७८ आइतवार - १२:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij