Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वाग्मती प्रदेश प्रहरीद्वारा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा

वाग्मती प्रदेश प्रहरीद्वारा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा


  • 8.4K
    Shares

    वाग्मती प्रदेश प्रहरीद्वारा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा

    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरीले गरेको गतिविधिलाई जनतासामु सार्वजनिक गर्न पाक्षिकरूपमा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याएको छ । प्रदेश राजधानी हेटौँडाबाट सञ्चालनमा आएको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीमार्फत हरेक महिनाको १ र १५ गते प्रसारण हुने गरी कार्यक्रम प्रसारण आरम्भ गरेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा बिहीबार आयोजित टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ को वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरे।

    कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका सबैखाले सुरक्षा संयन्त्रलाई हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार गरेको जानकारी दिए । वाग्मती प्रदेशअन्तर्गतका प्रहरी एकाइबाट सम्पादित काम कारवाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने र शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन थालिएको हो । पाक्षिकरूपमा आधा घण्टाको ‘प्रहरी दर्पण’ कार्यक्रम नेशनल गोल्ड टेलिभिजनबाट बेलुकी ७ः३० बजे नियमित प्रसारण हुनेछ ।

    उक्त कार्यक्रम वाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाट नै निर्माण तथा सञ्चालन गरिनेछ । शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गर्ने र प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्न टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गरिने योजना रहेको जानकारी दिए ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - ११:०५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij