Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै


  • 4.4K
    Shares

    ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै
    images

    नेपाल राष्ट्र बैंकले आज सोमबार कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बाँडफाँड गर्ने भएको छ ।

    भोलि अर्थात् चैत २२ गतेदेखि जारी गरिने उक्त बिल सोमबार ३ बजे बाँडफाँड गर्ने बैंकले जनाएको हो । बैंकले गत चैत २ गतेदेखि २१ गतेसम्म ट्रेजरी बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको थियो । 

    २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको बैंकले कुल बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड गरिने जनाएको छ ।

    २१ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।

    यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

     

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - १२:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij