Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

२६ गते हुने भनिएको शाखा अधिकृतको परीक्षा पुनः स्थगित, अब कहिले हुने भन्ने टुङ्गो छैन (सूचनासहित)

२६ गते हुने भनिएको शाखा अधिकृतको परीक्षा पुनः स्थगित, अब कहिले हुने भन्ने टुङ्गो छैन (सूचनासहित)


  • 3.8K
    Shares

    २६ गते हुने भनिएको शाखा अधिकृतको परीक्षा पुनः स्थगित, अब कहिले हुने भन्ने टुङ्गो छैन (सूचनासहित)
    images

    काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन पुनः स्थगित गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ ।

    आयोगले विज्ञापन नं. १६६९६-१६७०२/०७८–७९ को खुल्ला/समावेशीको एकीकृत लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो । परीक्षा यही चैत्र २६ गते बिहान ११ बजेदेखि सञ्चालन हुने कार्य तालिका रहेको थियो ।

    गत मङ्सिर महिनामा प्रकाशित भएको शाखा अधिकृतको विज्ञापन कर्मचारी समायोजनको विवाद टुङ्गो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै स्थगित भएको थियो ।

    पछि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएसँगै आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो । तर धेरै उम्मेदवार भएकोले व्यवस्थापन गर्न नसकेको भन्दै आयोगले विज्ञापन स्थगन गरेको जनाएको छ ।

    आयोगको पूर्वनिर्धारित तालिका अनुसार भएको भए माघ महिनामै सकिने परीक्षा विभिन्न कारणले परीक्षा स्थगित हुँदै गएसँगै अब कहिले हुने भन्ने टुङ्गो छैन । स्थानीय तहको चुनाव नजिकिइसकेकाले पनि सम्भवतः परीक्षा चुनाव पछि नै हुन सक्ने पनि बुझिएको छ । चुनावमा कर्मचारीहरू पनि खटिनु पर्ने र परीक्षा केन्द्रहरुमासमेत मतदान केन्द्र रहने गरेकोले पनि शाखा अधिकृतको परीक्षा प्रभावित हुने देखिन्छ । यसले परीक्षार्थिहरुलाई मर्का परेको छ ।

    11.webp

    प्रकाशित मिति :चैत्र १४ २०७८ सोमवार - १६:३९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij