Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बैंकहरुको निक्षेप एकैदिन १३ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?

बैंकहरुको निक्षेप एकैदिन १३ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?


  • 3.7K
    Shares

    बैंकहरुको निक्षेप एकैदिन १३ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?
    images

    बैंक तथा वित्तीय संस्थामा एकैदिनमा १३ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हिजो चैत १० गते एकैदिन बैंक तथा वित्तीय संस्थामा १३ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो।

    चैत १० गते एकैदिन वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ। गत चैत ९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा चैत १० गते बढेर ४३ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो।

    बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी चैत १० गते १ अर्ब रुपैयाँले बढेको छ। गत चैत ९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत १० गते बढेर ४६ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

    वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो।

    निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो पनि घटेर चैत १० गते ९०.७५ प्रतिशतमा झरेको छ। गत चैत ९ गते औसत सीडी रेसियो ९०।९६ प्रतिशत थियो।

    प्रकाशित मिति :चैत्र ११ २०७८ शुक्रवार - १६:४९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij