Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

फागुन महिनामा २२ अर्ब निक्षेप थपिँदा बैंकहरुले दिए १७ अर्ब कर्जा

फागुन महिनामा २२ अर्ब निक्षेप थपिँदा बैंकहरुले दिए १७ अर्ब कर्जा


  • 4.2K
    Shares

    फागुन महिनामा २२ अर्ब निक्षेप थपिँदा बैंकहरुले दिए १७ अर्ब कर्जा
    images

    फागुन महिनामा २७ वाणिज्य बैंकहरुमा २२ अर्ब निक्षेप थपिएको छ । सोही महिनामा तिनै बैंकले १७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ मसान्तसम्म कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा फागुन मसान्तसम्म ४३ खर्ब ३३ अर्ब पुगेको छ ।

    त्यस्तै माघ मसान्तसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन मसान्तसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब मात्रै निक्षेप थपिएको छ । सोही अवधिमा ४ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ ।

    निक्षेपभन्दा कर्जाको विस्तार उच्च भएपछि हाल भने कर्जा प्रवाहका लागि बैंकहरुसँग लगानीयोग्य रकमको अभाव चुलिएको छ । असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएको थियो भने ३७ खर्ब २१ अर्ब कर्जा विस्तार भएको थियो । फागुन मसान्तसम्म निक्षेप ४३ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा ४१ खर्ब ७२ अर्ब पुगेको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १६:२५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij