२०८२ भाद्र २५ गते बुधवार
लाेकसेवा आयोगले स्वास्थ्य सेवा तर्फ जनरल नर्सिङ समूहको स्टाफ नर्सको पदपूर्तिका लागि विशेष विज्ञापन खुलाएको छ। आयोगले आज सूचना जारी गर्दै ३ सय जना नर्सका लागि विज्ञापन खुलाएको हो।
खुला तर्फ १ सय ६५, महिला तर्फ ४५, आदिवासी/जनजाती तर्फ ३६, मधेसी तर्फ २९, दलित तर्फ १३, अपाङ्ग तर्फ ७ र पिछडिएको क्षेत्रतर्फ ५ गरी ३ सय जनाका लागि विज्ञापन खुलाएको हो।
आयोगले psconline.psc.gov.np मार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । हेर्नुहोस् आयोगले खुलाएको विज्ञापन:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij