Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

एनआइसीले ल्यायो सर्वश्रेष्ठ (स्थानीय) बचत र मुद्दती निक्षेप खाता योजना, जसले प्रदान गर्छ २४ सर्वश्रेष्ठ फाइदा

एनआइसीले ल्यायो सर्वश्रेष्ठ (स्थानीय) बचत र मुद्दती निक्षेप खाता योजना, जसले प्रदान गर्छ २४ सर्वश्रेष्ठ फाइदा


  • 3.4K
    Shares

    एनआइसीले ल्यायो सर्वश्रेष्ठ (स्थानीय) बचत र मुद्दती निक्षेप खाता योजना, जसले प्रदान गर्छ २४ सर्वश्रेष्ठ फाइदा
    images

    एनआईसी एसिया बैंक लिमिटेडले अर्को नयाँ योजना ल्याएको छ। बैंकले आफ्ना ग्राहकहरुलाई आर्थिक रुपमा सहज र सबल बनाउने उद्देश्यले स्थानीय जनतालक्षित विश्वसनीय नयाँ योजना अघि सारेको हो। 

    स्थानीय जनताहरूलाई नेपालकै सहज बैंकिङ सेवा प्रदान गर्न ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ योजना ल्याएको बैंकले जनाएको छ। 

    बैंकलाई ग्राहकको साथ र सहयोगमा स्थानीय क्षेत्रभित्र बसोबास गर्दै आएका आम स्थानीय जनताहरूलाई उनीहरुको दैनिक आर्थिक क्रियाकलापमा सहजता ल्याउन यो योजना ल्याइएको हो। 

    नयाँ योजनाले आर्थिक उन्नति एवं भलाइको उद्देश्यले बैंकले यसअघि गरिएको हातेमालोलाई अझ बढी फराकिलो पार्न चाहेको बैंकले बताएको छ। 

    बैंकका अनुसार स्थानीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूमा अतुलनीय फाइदाहरू रहेको सर्वश्रेष्ठ स्थानीय बचत खाता सञ्चालन गरी उनीहरुलाई यस प्रकारको खाता खोल्न अभिप्रेरित गर्न नयाँ योजनाले विशेष पहल गर्नेछ। 

    यस बचत खाता योजनामार्फत उपलब्ध हुने सर्वाधिक उच्च ब्याजदर, ३ बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू एवं विशेषताहरू रहेका छन्। 

    यस्ता छन् सर्वश्रेष्ठ (स्थानीय) बचत खाता र फाइदाहरू
    १. ब्याजदर र न्यूनतम मौज्दात
     
    यसमा न्यूनतम मौज्दात १० हजार, ५ हजार र २ हजार ५ सय गरी तीन प्रकारका छन्। यसमा ब्याजदर ८ दशमलव ०३ प्रतिशत रहेको छ। यो ब्याजदर भनेको बैंकले बचत खातामा प्रकाशित गरेको उच्च दर हो।

    १० हजारमा एनआईसी एसिया गुडविल एम्बेसेडर, ५ हजारमा द प्राइड एनआईसी एसिया र २ हजार छ सयमा द पार्टनर अफ एनआईसी एसिया खाता रहने बैंले जनाएको छ। तर यसमा यस बचत खातामा प्राप्त हुने ब्याजदर प्रकाशित दरअनुसार हुनेछ ।

    २. बीमा सुविधा

    विवरण एनआईसी एसिया सद्भावना दूत एनआईसी एसियाको गौरव एनआईसी एसियाको साझेदार
    दुर्घटना बीमा ४० लाख २० लाख १० लाख
    घातक रोग बीमा ४० लाख २० लाख १० लाख
    औषधि उपचार बीमा रू. ४ लाख (ओपीडी रू. ८०,००० र हस्पिटलाइजेसन रू. ३,२०,००० सम्म) रू. २ लाख (ओपीडी रू. ४०,००० तथा रू. १,६०,००० सम्म) रू. १ लाख (ओपीडी रू. २०,००० र ८०,००० सम्म)
    बीमा सुविधाको अवधि ५ वर्ष ५ वर्ष ५ वर्ष
    बीमा सुविधा पाउने खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जना खातावाला र खातावालाले तोकेको अतिरिक्त १ जना खातावाला मात्र

    तर ५ वर्षको बीमासम्बन्धी फाइदाहरू बैंकले जुनसुकै समयमा नियमनकारी निकाय÷बीमा समितिको निर्देशन वा बीमा कम्पनीको नीति बमोजिम परिवर्तन गर्न वा रद्द गर्न सक्ने सर्त भने बैंकले राखेको छ। 

    ३.वेल्थ म्याक्सिमाइजेसन (धन अभिवृद्धि)

    विवरण एनआईसी एसिया सद्भावना दूत एनआईसी एसियाको गौरव एनआईसी एसियाको साझेदार
    डिम्याट खाता ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    मेरो शेयर शुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस शुल्क ५ वर्षको लागि ५०% छुट ५ वर्षको लागि ५०% छुट ५ वर्षको लागि ५०% छुट

    ४ कर्जासम्बन्धी फाइदाहरू

    विवरण एनआईसी एसिया सद्भावना दूत एनआईसी एसियाको गौरव एनआईसी एसियाको साझेदार
    पूर्व स्वीकृत कर्जा सीमा(३ महिनाको औसत मौज्दातको गुणन) १०  १० १०
    माथि उल्लेखित कर्जा सीमामा आधार दर माथि लाग्ने प्रिमियम दर १% १% १%
    कर्जा प्रशासनिक शुल्क ०.२५%  ०.२५% ०.२५%

    ५. डिजिटल एण्ड ट्रान्ज्याक्सन बैंकिङ
     

     विवरण एनआईसी एसिया सद्भावना दूत एनआईसी एसियाको गौरव एनआईसी एसियाको साझेदार
    डेबिट कार्ड ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    मोबाइल बैंकिङ ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    इन्टरनेट बैंकिङ ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    क्रेडिट कार्ड सीमा (रू. मा) रू. ५ लाखसम्म रू. ५ लाखसम्म रू. ५ लाखसम्म
    क्रेडिट कार्डमा आबद्ध भएको र जारी भएको शुल्क निःशुल्क निःशुल्क निःशुल्क
    क्रेडिट कार्ड वार्षिक शुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    प्रिपेड डलर कार्ड ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    ई-कमर्स सुचारु ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    निःशुल्क चेक प्रोसेसिङ्ग (प्रतिमहिना)  ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    निःशुल्क आरटीजीएस (प्रतिमहिना)  ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    निःशुल्क आईपीएस/सीआईपीएस (प्रतिमहिना) ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    लकर शुल्क ५ वर्षको लागि १००% निःशुल्क ५ वर्षको लागि १००% निःशुल्क ५ वर्षको लागि १००% निःशुल्क
    लकर मार्जिन १००% छुट १००% छुट १००% छुट
    विदेशी मुद्रा सटही प्रिमियम छुट (अमेरिकन डलर पाण्ड स्टलिङ, युरो, क्यानेडिन डलर र अस्ट्रेलियन डलर सीमित ) २५ पैसा २५ पैसा २५ पैसा
    एटीएमबाट नगद झिकेको (स्वदेशी बैंक) ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क
    एटीएमबाट मौज्दात जाँच गरेको (स्वदेशी बैंक) ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क ५ वर्षको लागि निःशुल्क

    ६ प्रिभिलेज बैंकिङ

    विवरण एनआईसी एसिया सद्भावना दूत एनआईसी एसियाको गौरव एनआईसी एसियाको साझेदार
    सेवा प्रवाह ग्यारेन्टी (मिनेटमा) सेवा प्रवाहको लागि बैंकले तोकेको समयको ५०% समयभित्र सेवा प्रदान गरिने सेवा प्रवाहको लागि बैंकले तोकेको समयको ५०% समय भित्र सेवा प्रदान गरिने सेवा प्रवाहको लागि बैंकले तोकेको समयको ५०% समयभित्र सेवा प्रदान गरिने
    बैंकको निर्धारित सेवा प्रवाह समयभन्दा बढी समय सेवाको लागि प्रतीक्षा गर्नु परेको अवस्थामा प्रदान गरिने क्षतिपूर्ति (प्रति दुर्घटना)   रू. १० रू. १० रू. १०
    डेडिकेटेड रिलेसनसिप म्यानेजमेन्ट उपलब्ध  उपलब्ध  उपलब्ध 

    अन्य प्रकारका बचत खाताभन्दा १० गुणा बढी फाइदाहरू रहेको यस बचत खातामै  ८४ लाखसम्मको बीमा योजना समेटिएकाले यस प्रकारको बचत खाता नेपाली बैंकिङ क्षेत्रकै पहिलो पटक २४ विशेष फाइदाहरू समेटी सञ्चालनमा ल्याइएको नवीन बचत खाता हो।

    अतः यस प्रकारको खाता योजना ल्याई स्थानीय जनताहरूको सेवा गर्ने अवसर प्रदान गर्ने बैंकको विश्वास छ। स्थानीयस्तरका जनताहरूको आर्थिक एवं सामाजिक उन्नतीमा हजुर र हाम्रो सहकार्यले एक उल्लेखनीय उपलब्धि हासिल गर्ने यो अभियानमा सँगै हातेमालो गरी उहाँहरूको सर्वोत्तम हितलाई ध्यानमा राखी विविध फाइदाहरू रहेको यस प्रकारको खाताबाट पक्कै पनि स्थानीयहरूको सर्वोत्तम हित नै हुनेछ भन्ने हाम्रो विश्वास छ।

    ख. सर्वश्रेष्ठ (स्थानीय) मुद्दती खाता
    १. ब्याजदर र न्यूनतम मौज्दात

    विवरण एनआईसी एसिया सद्भावना दूत एनआईसी एसियाको गौरव एनआईसी एसियाको साझेदार
    न्यूनतम मौज्दात रू. १०,००,००० रू. ५,००,००० रू. २,५०,०००
    ब्याजदर (वार्षिक)  ११.०३५ ११.०३५ ११.०३५
    मौज्दात अवधि ३ महिनादेखि १० वर्षसम्म ३ महिनादेखि १० वर्षसम्म ३ महिनादेखि १० वर्षसम्म

    तर यस मुद्दती खातामा प्राप्त हुने ब्याजदर प्रकाशित दरअनुसार हुनेछ र यस मुद्दती खातामा प्राप्त हुने अन्य फाइदाहरु माथि उल्लिखित बचत खाताको श्रेणीकै अनुसार हुने शर्त भने बैंकले राखेको छ।

    यस प्रकारको मुद्दती खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क नलाग्ने फाइदाको अलावा पूरा ५ वर्ष सेवा तथा सुविधामा निःशुल्क भएकाले पनि हामी के विश्वास लिनसक्ने कम्पनीले जनाएको छ। त्यस्तै बैंकले क्षेत्रका स्थानीय जनताहरूलाई सेवा प्रस्ताव गर्न पाउँदा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गरेको अनुभूति गरेको जनाएको छ। 

    सेवा र सुविधालाई थप ग्राहकमैत्री बनाउन सदैव अग्रसर भएको नाताले पनि हाम्रा आम ग्राहकहरूको हरेक प्रकारको बैंकिङ समस्याहरूलाई हालको उच्च प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूका तमाम समस्याहरूको हल आफ्नै घरमै बसी समाधान गर्ने खालको प्रविधिको विकास गरेका कम्पनीले जनाएको छ। 

    यसअन्तर्गत यहाँहरूले यस प्रकारको खाता सञ्चालनमा कुनै समस्या परेमा वा कुनै गुनासा र जिज्ञासा भएमा यहाँहरूको नजिक रहेको हाम्रो शाखा एवं त्यस शाखाका शाखा प्रबन्धकलाई प्रत्यक्ष सम्पर्क गर्न सकिने बैंकको भनाइ छ।

    ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ क्षेत्रमा नै पहिलो ग्यारेन्टी अनुभव फ्रेमवर्क नीति तयार गरी लागू गरिएको बताएको छ। यसअन्तर्गत यस बैंकले प्रत्येक बैंकिङ सेवा प्रदान गर्ने निश्चित समयसीमा निर्धारण गरी सोही समयमा अनुरोध गरिएको सेवा प्रदान गर्ने व्यवस्था गरिएको बैंकको भनाइ छ। 

    बैंकका सेवा तथा सुविधासम्बन्धी प्रक्रियागत एवं डिजिटल बैंकिङ च्यानलहरूमा देखिएको समस्या समाधानको लागि भने बैंकले मोबाइल बैंकिङ एपमा रहेको कस्टुमर केयर जोडिनसक्ने बैंकले बताएको हो। र ग्राहको गुनासोको सुनुवाइ तथा ‘प्रोग्रेस ट्याकिङ’को सुविधा समेत सो एपमार्फत उपयोग गर्न सक्ने बैंकको भनाइ छ। 

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १२:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij