Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

तरलताको अभाव टार्न १० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक

तरलताको अभाव टार्न १० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक


  • 4.2K
    Shares

    तरलताको अभाव टार्न १० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक
    images

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बिहीबार) १० अर्बको रिपो जारी गर्ने भएको छ ।

    बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । 

    वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले चैत १० गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । 

    तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - ११:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij