Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा


  • 5.1K
    Shares

    वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा
    images

    काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ ।

    वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले एक कार्यक्रमका बीच नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो ।

    माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको बैंकले जनाएको छ ।

    बैंकले सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहकहरुलाई बंैकिङ सुबिधा प्रदान गर्दैआइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १६:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij