२०८२ भाद्र २५ गते बुधवार
धनगढी। प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। गठन भएको एक वर्षपछि आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरिएको हो।
आयोगका सचिव दुर्गादत्त बिष्टले चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका तयार पारिएको बताएका छन्।
उनका अनुसार वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तह विहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने तालिका तयार भएको छ।
यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरूका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ।
सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका रहेको बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij