२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । बजाजको लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नयाँ बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा भित्राएको छ ।
यसमा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको छ, जसले २७ पिएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध डोमिनार २५० मा डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको कम्पनीले जनाएको छ ।
१३२ किमी प्रति घण्टासम्म सम्मको रफ्तारमा गुड्नसक्ने यो मोटरसाइकल १०.५ सेकेण्डमा ०–१०० किमी प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ । कम्पनीले यसको मूल्य ४ लाख ८९ हजार ९ सय निर्धारण गरेको छ। डोमिनार २५० मा एलइडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प अन जस्ता प्रविधी राखिएको छ ।
चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ। यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ।
यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । त्यस्तै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबिएसमा पनि उपलब्ध छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij