Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

यि नै हुन २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्ने रजनी, लाेकसेवा सजिलै पास गर्ने दिईन यस्ता टिप्सै-टिप्स !

यि नै हुन २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्ने रजनी, लाेकसेवा सजिलै पास गर्ने दिईन यस्ता टिप्सै-टिप्स !


  • 5.9K
    Shares

    यि नै हुन २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्ने रजनी, लाेकसेवा सजिलै पास गर्ने दिईन यस्ता टिप्सै-टिप्स !
    images

    यि नै हुन २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्ने रजनी , दिईन लाेकसेवा सजिलै पास गर्ने यस्ता टिप्सै-टिप्स !रजनी रेग्मी जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्र्तीण गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु ।

    सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवाप्रति तृष्णा जाग्यो । यही तृष्णाले मलाई लगनशील बनायो  । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन ।

    परिवारमा निजामती सेवाको माहोल पनि भएको भएर होला मलाई यसप्रति लगाव थियो । निजामती सेवाको गरिमा र सम्मानप्रति म सधैँ उत्साहित थिएँ ।यसमा प्रवेश गरेर आफ्नो पेशागत विकास तथा समाज र देशका लागि योगदान दिन सकिन्छ भन्ने बोध गरेको थिएँ । म बाल्यकालदेखि नै कुनै पनि नयाँ विषयवस्तुप्रति जिज्ञासा राख्थेँ । आफू जन्मेको समाजका बारेमा जानकारी राख्नुपर्छ भन्ने लाग्थ्यो ।

    पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले मलाई धेरै सहयोग गर्‍यो । कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्‍यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ । यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ ।

    २२ वर्षमा नाम निकालेँ मैले पहिलोपटक २२ वर्षको उमेरमा लोकसेवाको परीक्षा दिएकी थिएँ । त्यसको एक वर्षपछि नाम निकालेँ ।धेरैले कम उमेरमै नाम निकालेको भन्थे । तर, मलाई लाग्थ्यो,उमेर भनेको अंक न हो १ आफ्नो क्षमता र सोच भयो भने उमेरले छेक्ने भन्ने हुँदैन जस्तो लाग्छ ।

    सानै उमेरमा निजामती सेवामा प्रवेश गर्ने युवाहरूमा निजामती सेवाप्रति एक किसिमको अपनत्व र लगाव हुन्छ जस्तो लाग्छ । विषयप्रतिको धारणा स्पष्ट हुनु अतिआवश्यक हुन्छ । मेरो अनुभवमा लोकसेवा आयोगको तयारी गर्दा लोकसेवाको ‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा पनि विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ ।

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - १५:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij