२०८२ भाद्र २५ गते बुधवार
बारामा एकै परिवारका दिदी र बहीनी एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन् । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला कुमारी चौरसिया एकैपटक लोकसेवामा नाम निकाल्न सफल भएकी हुन् । स्वास्थ्य सेवामै नाम निकालेका दिदी बहिनी नियुक्त भएकी हुन् ।
बरैकी जेठी छोरी लालमुनीले प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखरा अन्र्तगत अनमी पदमा नाम निकालेकी हुन् भने, कान्छी छोरी कौशिलाले पनि सोही प्रदेशको स्वास्थ्य सेवाको अहेब पदमा नाम निकालेकी हुन् ।
आफनी दुबै जना छोरीहरुले लोक सेवाको एकै पटकमा नाम निकाल्न सफल भएकोमा उनका बुवा पारसनाथ खुशीले गदगद भएका छन् । उनको जेठी छोरीले तेस्रो पटकको प्रयासमा नाम निकालेकी हुन भने, कान्छी छोरीले पहिलो पटकमै लोक सेवाको परिक्षामा नाम निकाल्न सफल भएकी हुन् ।
कठोर मेहनत र अध्ययनप्रतिको लगनशीलताको कारणले दुबै छोरी नाम निकाल्न सफल भएको बुबा बरैको भनाई छ । उनले छोरी छोराभन्दा कम नरहेको बताउँदै शिक्षा र अवसर पाए छोरीहरुमा पनि काम गरेर देखाउन सक्ने क्षमता रहेको बताए ।
छोरीहरुलाई जागिर गर्ने बनाएर आफ्नै खुट्टामा उभिएपछि मात्रै बिहे गर्ने सोचका साथ छोरीहरुलाई शिक्षादिक्षा दिएको बरै बताउँछन् ।
बरै तराई मधेसमा रहेको दाईजो प्रथाका विरोधी हुन् । उनले आफ्ना छोरीहरुको विवाहमा एक रुपैयाँ दाइजो नदिने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij