Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली बजारमा बजाज डोमिनार २५० एबीएस भित्रियो, यसको मुल्य र फिचर कस्तो ?

नेपाली बजारमा बजाज डोमिनार २५० एबीएस भित्रियो, यसको मुल्य र फिचर कस्तो ?


  • 17.9K
    Shares

    नेपाली बजारमा बजाज डोमिनार २५० एबीएस भित्रियो, यसको मुल्य र फिचर कस्तो ?

    काठमाडौं – बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले डोमिनार बाइक २५० एबीएस  बिक्री सुरु गरेको छ ।
    नेपाली बजारमा पहिले देखि नै डोमिनार ४०० बाइक उपलब्ध छ । डोमिनार २५०एबीएसमा धेरै फिचरहरु डोमिनार ४०० जस्तै रहेको छ । यसमा फुल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट सिट र ट्विन पोड एक्जस्ट जस्ता फिचर उपलब्ध छन् ।

    137363310_3449610331774497_380971960657272192_o.jpg

    सस्पेन्सनका लागि बाइकमा ३७ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स र ब्याकमा प्रि–लोड एड्जस्टेबल मोनोसक दिइएको छ । बजाज डोमिनार २५० लाई आफ्नो सेगमेन्टमा मोस्ट भ्यालु फर मनी प्रोडक्ट मानिन्छ । यो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । दुवै ह्विलमा डिस्क ब्रेक छ भने सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस छ । बाइकमा बीएस६ कम्प्लायन्ट २४८।७७ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ । सो इन्जिनले २६।६ बीएचपी पावर र २३।५ एनएम टर्क जेनेरेट गर्छ । बजाज डोमिनार २५० एबीएसको मूल्य नेपाली बजारमा ४ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ । 

    bajaj-dominar-250-India-Launch-Image5.jpg ddd.jpg

    डोमिनार २५० एबीएस फाईनसमा पनि उपलब्ध रहेको छ । मिनिमम ३० प्रतिशत डाउन पेमेन्टमा पनि उपलब्ध छ भने ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याजदर रहेको छ । 

     

    220ABS.jpg

    प्रकाशित मिति :पौष २५ २०७७ शनिवार - ०७:२७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij