Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

२४ घण्टामा १७१४ सङ्क्रमित थपिए, निको हुनेको संख्या ९ लाख नाघयो

२४ घण्टामा १७१४ सङ्क्रमित थपिए, निको हुनेको संख्या ९ लाख नाघयो


  • 4.1K
    Shares

    २४ घण्टामा १७१४ सङ्क्रमित थपिए, निको हुनेको संख्या ९ लाख नाघयो
    images

    काठमाडौँ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ । 

    यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ । 

    आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    आज सङ्क्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ २२ २०७८ शनिवार - १८:४१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij