Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

विद्यालय तत्काल सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल

विद्यालय तत्काल सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल


  • 9.9K
    Shares

    विद्यालय तत्काल सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल
    images

    विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।

    बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

    सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले एउटा निर्णय गर्नेछ । 

    प्रकाशित मिति :माघ २१ २०७८ शुक्रवार - १४:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij