Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गतवर्षको तुलनामा ५० करोडले घट्यो नेपाल टेलिकमको आम्दानी

गतवर्षको तुलनामा ५० करोडले घट्यो नेपाल टेलिकमको आम्दानी


  • 9.8K
    Shares

    गतवर्षको तुलनामा ५० करोडले घट्यो नेपाल टेलिकमको आम्दानी

    काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी तथा नाफा घट्न थालेको छ । 

    गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षमा  टेलिकमको आम्दानी  करिब ५० करोड रुपैयाँले घटेको हो ।   

    अघिल्लो आर्थिक वर्षको भदौसम्म १० अर्ब ६० करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा जम्मा १० अर्ब १० करोड ४४ लाख रुपैयाँ मात्र कमाएको हो । 

    आम्दानी घटेसँगै टेलिकमको नाफामा समेत ह्रास आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा टेलिकमले १ अर्ब २ करोड ९० लाख नाफा कमाएको छ । जवकी अघिल्लो बर्ष सोही अवधिमा टेलिकमले २ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो। 

    त्यसो त टेलिकमको नाफा आम्दानी र नाफा यो वर्ष मात्र घटेको भने होइन । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष  २०७४/०७५ मा सबैभन्दा धेरे आम्दानी र नाफा गरेको टेलिकमको त्यसपछिका वर्षमा आम्दानी घटेकै देखिन्छ ।

    आर्थिक वर्ष २०७४/०७५ मा ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आम्दानी गर्दै १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको टेलिकमको अर्को वर्ष अर्थात आव २०७५/०७६ मा ४३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेर ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    गतवर्ष अर्थात आव ०७६/०७७ मा ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमो नाफा ८ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षमा नाफा सो भन्दा पनि घट्ने देखिएको छ ।

    भ्वाईस कलमा प्रतिस्पर्धी निजी कम्पनी आएर आक्रमक रुपमा सेवा विस्तार गरेपनि टेलिकमले सो अनुसार गर्न नसकेको, राजनीतिक प्रभावमा कमसल सामान किनेर गुणस्तरहीन सेवा दिएको, निजी कम्पनीलाई फाईदा पुग्ने काम गरेको लगायतका कारणले गर्दा टेलिकमले आम्दानी र नाफा घट्न थालेको जानकारहरु बताउँछन् । 

    तर टेलिकमका अधिकारीहरु भने भ्वाइस कलका ग्राहकहरू कम भएकाले पनि आम्दानी र नाफा घटेको बताउँछन् । पहिला भ्वाइस कलका लागि ल्याण्डलाइन र मोवाइल मात्र हरेकोमो अहिले भाइवर, ह्वाट्सएप, इमो, म्यासेन्जर, इन्स्टाग्राम लगायतका भिडियो कलसहितका विकल्पहरु रहेकोले भ्वाइस कलबाट हुने आम्दानी घटेको छ ।   

     

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १३:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij