Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

ओमिक्रोनका कारण रोकिएको परीक्षा माघ २४ गतेबाट गर्ने निर्णय (सूचनासहित)

ओमिक्रोनका कारण रोकिएको परीक्षा माघ २४ गतेबाट गर्ने निर्णय (सूचनासहित)


  • 5.4K
    Shares

    ओमिक्रोनका कारण रोकिएको परीक्षा माघ २४ गतेबाट गर्ने निर्णय (सूचनासहित)
    images

    कोरोना भाइरसको महामारीका कारण स्थगित परीक्षा माघ २४ गतेबाट सञ्चालन गर्ने निर्णय भएको छ । नेपाल विद्युत प्राधिकरणको स्थगित अन्तर्वार्ता यही माघ २४ गतेबाट सञ्चालन हुने भएको हो ।

    प्राधिकरणले कोभिड–१९ महामारीपछि लिखित परीक्षाबाट छनौट भएकाको अन्तर्वार्ता लगायत कार्यक्रम स्थगित गरेको थियो ।

    प्राधिकरणका अनुसार, प्रशासन तथा प्राविधिक सेवाअन्र्तगत तह ४ का विभिन्न पदहरूको स्थगित अन्तर्वार्ता परीक्षा यही माघ २४ बाट सञ्चालन हुँदैछ । अन्तर्वार्ता परीक्षा कार्यक्रमको विस्तृत विवरण प्राधिकरणको वेबसाइटबाट हेर्न सकिने छ ।

    साथै तह ४ को अन्तर्वार्ता सम्पन्न भएपछि परिस्थिति अनुकूल भएमा अन्य पदहरूको परीक्षा कार्यक्रम सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

    pradhikaran.jpg

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १३:३५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij