२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको आईटी अधिकृत प्राविधिक सेवाको नतिजा प्रकाशन गरेको हो
। माग पद संख्या एक जना भए पनि लिखित परीक्षामा २९ जना संम्मिलित रहेका थिए जसमध्य ३ जना छनोट भएका छन् । ती मध्य प्रतीक्षा कुँवर, विश्वास पोखरेल र हरि चालिसे रहेका छन् ।
त्यस्तै अधिकृत प्रशासन सेवाको लागि ६ जना छनोट भएका छन् । माग पद संख्या तीन जना भए पनि लिखित परीक्षामा ३६ जना संम्मिलित रहेका थिए जसमध्य ४ जना खुल्ला बाट र ५ जना महिला छनोट भएका छन् ।
त्यस्तै सहायक प्रबन्धक प्रशासन सेवाको लागि तीन जना छनोट भएका छन् । माग पद संख्या तीन जना भए पनि लिखित परीक्षामा ४ जना संम्मिलित रहेका थिए जसमध्य ३ जना नै छनोट भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij