Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै आयोगले शाखा अधिकृतको नतिजा केही दिन भित्रै प्रकाशन गर्न

कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै आयोगले शाखा अधिकृतको नतिजा केही दिन भित्रै प्रकाशन गर्न


  • 3.5K
    Shares

    कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै आयोगले शाखा अधिकृतको नतिजा केही दिन भित्रै प्रकाशन गर्न
    images

    काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत लगायत यस अघि रोकिएका नतिजा केही दिन भित्रै प्रकाशन गर्ने जनाएको छ। आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै स्थगित भएका नतिजा प्रकाशन गर्न बाटो खुलेको जनाएको हो।

    आयोगका प्रवक्ता तोयनारायण सुवेदीले शाखा अधिकृत लगायत अन्य स्थगित भएको नतिजा केही दिन भित्रै प्रकाशन गर्ने आयोगले तयारी गरेको बताए। उनले भने, ‘नतिजा प्रकाशन गर्न बाटो खुलेपनि अझै परीक्षा सञ्चालन गर्ने विषयमा कोभिड- १९ को महामारी र  लोकसेवा आयोगको परीक्षासंग जोडिएका एकै प्रकृतिका २० वटा भन्दा बढि मुद्धा अझै टुंगो नलागेकाले परीक्षाको विषयमा भने कुनै निर्णय भएको छैन। हामी यस विषयमा रायसुझाव लिएर मात्र निर्णय गर्छौ।’

    आयोगले परीक्षा सञ्चालन गर्नका लागि विज्ञापन खुलाउने विषयमा छलफल गर्दै नतिजा प्रकाशनको कामलाई अघि बढाएर रिक्त रहेका पदमा कर्मचारी पदस्थापना गर्ने जनाएको छ।

    सर्वोच्च अदालतका न्यायधीशत्रय सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको पूर्ण इजलासले निवेदकहरुलाई समायोजन ऐन, २०७५ को ब्यवस्था विपरित समायोजन गरिएको भन्दै रिट निवेदन खारेज गर्ने आदेश दिएको थियो।

    सर्वोच्च अदालतले त्यो ऐन संविधानसँग बाझिएको भनी दाबी नभएको अवस्थामा समायोजनलाई संविधान विपरीत भन्न नमिल्ने ठहर गरेपछी समायोजनमा परेर स्थानिय तहमा गएका कर्मचारी पनः संघमा नै फर्किन नपाउने भएका हुन्। समायोजन फिर्ताको रिट खारेज भएपछि लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा प्रकाशन गर्न समेत बाटो खुलेको हो।

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १३:४९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij