२०८२ भाद्र २५ गते बुधवार
गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ। शनिबार एक सूचना जारी गर्दै सबै लिखित परीक्षाहरू स्थगित गरेको जनाएको हो।
कोरोना संक्रमितको संख्या बढेको भन्दै परीक्षा स्थगित गरेको लोकसेवाले कम्तीमा सात दिनको सूचना दिई परीक्षा पुनः सञ्चालन गरिने बताएको छ। संक्रमण घटेसँगै स्थगित लिखित परीक्षाहरू कम्तीमा सात दिनको सूचना दिई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय देशैभर कोरानाभाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । विद्यालयहरु सरकारले यही माघ १५ गतेसम्म बन्द गरेको छ भने त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगले लिने सबै परीक्षाहरु रोकिएका छन् ।
यसअघि पनि २०७६ सालको विज्ञापनदेखि नै आयोगका परीक्षाहरु कोभिडका कारण सर्दै आएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij