२०८२ भाद्र २५ गते बुधवार
लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ । आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो ।
लिखित परीक्षाबाहेकका पूर्वनिर्धारित कार्य यथावतरूपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ ।
देशभर कोरोना सङ्क्रमण बढेसँगै धेरै परीक्षार्थीहरू पनि बिरामी भएको र आयोगका कर्मचारीहरूमै पनि सङ्क्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबाबमा थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij