Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

माघ ११ गतेबाट सुरु उपसचिवको परीक्षा स्थगित गर्ने तयारीमा लोक सेवा आयोग

माघ ११ गतेबाट सुरु उपसचिवको परीक्षा स्थगित गर्ने तयारीमा लोक सेवा आयोग


  • 4.1K
    Shares

    माघ ११ गतेबाट सुरु उपसचिवको परीक्षा स्थगित गर्ने तयारीमा लोक सेवा आयोग
    images

    काठमाडौं । लोक सेवा आयोगले यही माघ ११ गतेबाट सुरु उपसचिवको परीक्षा स्थगित गर्ने भएको छ । कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण परिक्षा स्थगित गर्ने विषयमा छलफल सुरु भएको छ ।

    भोली बिहिबार बस्ने आयोगको नियमित बैठमा परिक्षा स्थगितको निर्णय गर्ने बुझिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले दिएको जानकारी अनुसार दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएकाले परिक्षा स्थगित गर्ने विषयमा छलफल भएको हो ।

    उनले अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं, अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको जानकारी समेत दिएका छन् ।

    आयोगा कर्मचारीमा पनि कोरोना सक्रमण देखिदै गएको छ । उपत्यकामा बढ्दै गएको संक्रमणले गर्दा काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा स्थगित गरिसकेका छन् । हाल आयोगले संगठित संस्थाहरुको परीक्षा सञ्चालन गरिरहेको छ ।

     

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १६:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij