Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका


  • 8.0K
    Shares

    बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका
    images

    काठमाडौं । बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट (बी ११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

    कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो ।

    यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ ।

    बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिए पनि तीन जनामा मात्र एसजिन नेगेटिभ देखिएको हो ।

     

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १४:११:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij