२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले झण्ड साढे दुई सय नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खोलेको छ।
बुधबार आयोगले सूचना निकालेर राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको हो।
नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।
आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आयोगको अनलाइन http://psconline.psc.gov.np मा गएर फारम भर्न सकिने आयोगले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij