२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । काठमाडौँ उपत्यका २ दिनदेखि कुहिरोले ढाकेको छ । पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका कुहिरोले ढाकेको हो ।
आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको छ ।
दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको उहान, पाँचौमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij