२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै मङ्सिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुल्ला तथा समावेशी समूहका सबै विज्ञापन दरखास्त लिने कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।
लोक सेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परीक्षा दिई अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थिको योग्यताक्रम प्रकाशित पछि मात्रै अर्को विज्ञापन हुनुपर्ने माग गर्दै दायर रिटमा च्च अदालत पाटनले १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस १८ गतेसम्मका लागि यथास्थितिमा राख्न आदेश दिएको थियो ।
यस्तै आइतबार उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा. नवराज थपलियाको संयुक्त इजलासले लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा गत मङ्सिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुस १३ गते कै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिदैँ अन्तरिक आदेश दिएको थियो ।
२०७६ मङ्सिर २५ गतेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नगरेर नै लोकसेवा आयोगले २०७८ मङ्सिर २९ गते शाखा अधिकृतको विज्ञापन गरेको भन्दै परीक्षार्थिले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij