२०८२ भाद्र २५ गते बुधवार
उत्ति नै समय र मेहनतमा धेरै र प्रभावकारी अध्ययन गर्न कसलाई मन नलाग्ला र ? किताब हेर्दा नै दिक्क लाग्ने, पढ्न बसेपछि निन्द्रा लाग्ने अहिलेको अध्ययन पद्दतीलाई रुचीपूर्ण, पढुँ पढुँ लाग्ने बनाउन पाए कति राम्रो हुँदो हो ? के यस्तो पनि सम्भव होला र ? सम्भव छ ।
अध्ययन गर्ने तरिका, हाम्रो मनको अवस्थामा परिवर्तन गरेर यस्तो स्थिति सिर्जना गर्न सकिन्छ । यस लेखमा यस्ता विधिहरु मध्येको अत्यन्तै प्रभावकारी बिधि Five Step Learning Method को बारेमा जानकारी र सो प्रयोग गर्ने तरिकाका बारेमा सविस्तार उल्लेख गरिएको छ ।
यस बिधिमा पुस्तक पाउने बित्तिकै झटपट पढ्न शुरु गरिहाल्ने गरिदैन । बरु कति पढ्ने, के पाउन पढ्ने आदि जस्ता कुराहरुलाई जिज्ञासा जगाएर अनि बल्ल अध्ययन शुरु गरिन्छ ।
पहिलो चरण
यो चरणमा विषयवस्तुलाई हेरी सतही जानकारी लिनुपर्छ । अध्ययन गर्न लागिएको पाठमा के के पढ्नु पर्ने रहेछ ? कति पढ्नु पर्नेरहेछ ? पढ्ने विषयवस्तुमा प्याराग्राफ, फिगर, चार्ट, डायग्राम वा अन्य विषयवस्तु के के रहेछन् आदि विषयमा जानकारी लिइन्छ । यस चरणलाई Survey Step पनि भनिन्छ ।यस चरणमा पढ्ने विषयको सामान्य जानकारी, परिचय, परिभाषासम्मको मात्र जानकारी राखिन्छ । धेरै गहिराईमा भने गइदैन ।
यो चरणको उद्देश्य पढ्नु पर्ने विषयबस्तु के हो ? सो थाहा पाउनु र कति पढ्नुपर्ने रहेछ सो को दायरा यकिन गर्नु हो ।
दोस्रो चरण
यो प्रश्न निर्माणको चरण हो । यस चरणमा पढ्नु पर्ने विषयवस्तुको बारेमा प्रश्न नै प्रश्न निर्माण गरिन्छ । जस्तो हामीले नागरिक चेतना र शिक्षा विषयमा अध्ययन गर्दैछौं भने निम्नानुसारका प्रश्नहरू निर्माण गर्न सकिन्छ ।
तेस्रो चरण
पूर्ण पाठ अध्ययन यस चरणमा विषयवस्तुको पूर्ण पाठ अध्ययन गरिन्छ । मनमा प्रश्न उब्जाई अध्ययन गरिने हुँदा विषयवस्तुलाई दिमागले ग्रहण गर्ने क्षमता बढी हुन्छ । कम प्राथमिकताका वस्तु ओझेलमा पर्दछन् । यो प्रयोग कुनै पत्रिकाको Article पढ्दा, समाचार पढ्दा वा पाठ्यपुस्तकको पाठ अध्ययन गर्दा समेत सबै क्षेत्रमा लागू गर्न सकिन्छ ।
यसरी पढ्दा परम्परागत अध्ययन प्रणाली (जसलाई सुशुप्त अध्ययन प्रणाली भनिन्छ) लाई सक्रिय अध्ययन प्रणालीमा रूपान्तरण गर्न सकिन्छ । यस विधिले Speed Learning का लागि ठूलो मद्दत गर्दछ ।
चौथो चरण
अध्ययन गरिएका विषयवस्तुलाई सम्झन प्रयत्न गर्ने कार्य यस चरणमा गरिन्छ । पूर्ण पाठ अध्ययन गर्दा पढिएका अत्यावश्यक विषयवस्तुको जानकारीलाई स्मृतिमा ताजा राखिरहन मनमनै सम्झने, सम्झेका कुरा बुँदागत रूपमा लेख्ने, आफ्नो ग्रुपका साथीहरूबीच समूह छलफल चलाई प्रस्तुत गर्ने वा कसैलाई सो बारेमा सिकाउने आदि कार्यबाट अध्ययन गरेका कुरा सम्झन सहज हुन्छ ।
आफैं प्रश्न बनाइ उत्तर लेख्ने अभ्यास गरेर पनि अगाडि पढिएको बिषयबस्तु सम्झन सजिलो हुन्छ । सम्झन थप सरल बनाउन अन्य मेमोरी मेथड्सहरूको समेत उपयोग गर्न सकिन्छ । यस चरणलाई Recite Step पनि भनिन्छ ।
पाचौं चरण
पाठलाई दोहोर्याउने कार्य यस चरणमा गरिन्छ । पाठको विषयवस्तु, पाठकको स्मरण क्षमता, पठन गर्दाको सन्दर्भ आदि कुराले कति कति समयमा दोहोर्याउने भन्ने निर्धारण गर्छ । एक पटक अध्ययन गरिएको विषयलाई Long Term Memory मा नजाँदासम्म आवश्यकता हेरी दोहोर्याउनु पर्ने हुन्छ । यस चरणलाई Revision Step पनि भनिन्छ ।
दिमागमा सूचना स्टोर गर्ने कुरा Memory Subjects, State of Memory / Memory Situation ले निर्धारण गर्ने कुरा भएकोले यी कुराहरूले पढेको कुरा कहिले दोहोर्याउने भन्ने विषयमा पनि भूमिका खेल्दछन् । यो कुरा व्यक्ति पिच्छे केही फरक भने अवश्य हुन सक्छ । माथि उल्लेख भएका चरणहरूलाई राम्रोसँग अभ्यास गर्न सकिएमा थोरै समय लगाएर सजिलो गरी मेमोरीमा स्टोर गरिएका विषयबस्तुहरूलाई लामो समयसम्म स्मृतिमा ताजै राख्न सकिन्छ ।
अन्तमा
अध्ययन गर्ने कुरा बिशुद्ध मानसिक कुरा हो । हाम्रो दिमाग र मनको अवस्थामा यो निर्भर हुन्छ । मन नै स्थिर छैन, तनावको अवस्था छ वा अन्य कारणले गर्दा पढाइमा मन टिकिरहेको छैन भने जति जोर जुलुम गरे पनि कुराहरु बुझिदैन र स्मरणमा राख्न पनि सकिदैन ।
मनलाई पढ्नुपर्ने कुरामा आश्वास्त पारेर पुस्तक पढ्नु अगाडी नै सो सम्बन्धी जिज्ञासा सिर्जना गर्न सक्ने हो भने अध्ययनलाई साचिकै रुचीपूर्ण बनाउन सकिन्छ । मनोरन्जनयुक्त गराउन सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij