Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रदेश–१ लोकसेवा आयोगले खुलायो अप्राविधिक कर्मचारीको विज्ञापन

प्रदेश–१ लोकसेवा आयोगले खुलायो अप्राविधिक कर्मचारीको विज्ञापन


  • 6.9K
    Shares

    प्रदेश–१ लोकसेवा आयोगले खुलायो अप्राविधिक कर्मचारीको विज्ञापन
    images

    प्रदेश–१ लोकसेवा आयोगले पहिलो पटक अप्राविधिक कर्मचारीको विज्ञापन खुलाएको छ । स्थानीय तहमा पदपूर्तिका लागि सहायक चौथो र पाँचौं तहका लागि विज्ञापन खुला गरेको हो ।

    पुस ५ गते प्रकाशित गरेको विज्ञापनमा जम्मा २७३ कर्मचारी माग गरिएको छ । आयोगले सहायक पाँचौ तहका लागि खुला तर्फ १५१ र आन्तरिक प्रतिस्पर्धामा २२ जनाका लागि विज्ञापन खुलाएको छ ।

    सहायक चौथो तहमा एक सय कर्मचारी माग गरेको छ । यी कर्मचारी स्थानीय तहमा खटिनेछन् । पहिलो पटक खुला गरेको अप्राविधिक तर्फको विज्ञापनबाट छनोट भएका कर्मचारी स्थानीय तहमा खटिनेछन् ।

    कृषि, भेटनरी, शिक्षा प्राविधिक, इन्जिनियरिङलगायत प्राविधिक तहका लागि विज्ञापन खुलाएको हो ।

    प्रशासन सहायक, लेखा सहायक, आन्तरिक लेखा परीक्षण सहायक,महिला विकास निरीक्षक, सहायक चौथोलगायत पदका लागि विज्ञापन खुलाएको हो। आयोगको विज्ञापन अनलाइनबाट भर्न सकिनेछ ।

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - १६:०१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij