२०८२ भाद्र ११ गते बुधवार
कोरोना संक्रमणबाट विमा विज्ञ अनिल ढुंगेलेको निधन भएको छ । लामो समय बीमा क्षेत्रमा बिताएका चार्टर्ड एकाउन्टेन्ट ढुंगेलको गए राति साढे ११ बजे उपचारका क्रममा स्टार अस्पतालमा निधन भएको हो ।
एभरेष्ट जनरल इन्स्योरेन्स लामो समय काम गरेका उनी अवकाश भएपछि अध्ययन र अध्यापनमा संलग्न थिए । अचानक ज्वरो आएसँगै अक्सिजनको मात्रा कम देखिएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो । उच्च रक्तचापको औषधि खाँदै आएका उनमा मधुमेहसमेत थियो ।
अघिल्लो आइतबार अस्पताल भर्ना गरिएपछि उनको स्वास्थमा सुधार हुँदै गएको थियो। तर गत शुक्रबार अचानक उनलाई हृदयघात भएको थियो ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij