२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ ।
धादिङ घर भएकी सबिना सुवेदीको नवजात शिशुको मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । हाल अस्पताल प्रशासन र परिवारबीच छलफल समेत चलिरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्टले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij