२०८२ भाद्र २५ गते बुधवार
प्रशासन सेवाका १८ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा समितिको बिहीबार बसेको बैठकले प्रशाशन सेवाका १८ उपसचिवको बढुवाका लागि लोकसेवा आयोगसमक्ष सिफारिस गरेको हो।
सामान्य प्रशासन मन्त्रालयका अनुसार कार्यसम्पादन र ज्येष्ठताका आधारमा ती उपसचिवको बढुवा हुन लागेको हो। पद्मनीति सोती, रामलाल श्रेष्ठ, कृष्ण प्रसाद तिम्सिना, हेमराज सुवेदी, हिरामणी शर्मा, सूर्य प्रसाद सेढाईँ, शिवनाथ पौडेल, रामहरी ज्ञवाली, नारायण प्रसाद शर्मा, उपेन्द्र बहादुर ढुंगाना, लालबाबु कवारी, अन्जन कुमार मिश्र, प्रेमराज गिरी, ज्ञानेन्द्र प्रसाद ढकाल, तुलसी बहादुर श्रेष्ठ, टामलाल पाण्डे र देवेन्द्र लामिछानेलाई बढुवा गर्न सिफारिस गरिएको छ।
लोकसेवा आयोगले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले माथि उल्लेखित उपसचिवलाई सहसचिवमा बढुवा गर्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij