२०८२ भाद्र ११ गते बुधवार
लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको “‘सिधा कुरा जनतासँग’” कार्यक्रम बन्द हुने भएको छ । निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो।
न्यूज द्दद्ध बाट हप्ताको तीन दिन प्रसारण हुने सो कार्यक्रम पौँष महिना देखि बन्द हुने भएको छ । जनताको आवाज बोल्ने उक्त कार्यक्रम बन्द हुने भएपछि सर्वसाधारण जनतामा नैराश्यता छाउने निश्चित छ ।
संचारकर्मी लामीछानेले टेलिभिजन नै छाडेर के गर्न लागे भनेर धेरैलाई उत्सुकता हुन सक्छ, तर केहि व्यक्ति हरूले रवि लामिछाने राजनितिकमा प्रवेश गर्न लागेको आकलन गरेका छन् ।
नयाँ टेलिभिजन शुरु गर्ने तयारी
सिधा कुरा जनतासँग कार्यक्रममार्फत् चर्चित बनेका सञ्चारकर्मी लामिछानेले केही ब्यवसायीसँगको सहकार्यमा नयाँ टेलिभिजन ल्याउने तयारी गरिरहेका छन् ।
‘सिधा कुरा जनतासँग कार्यक्रम पनि नयाँ टेलिभिजनमार्फत् नै प्रसारण हुन्छ’, श्रोतले भन्यो तर यसका लागि केही महिना लाग्छ ।’ नयाँ टेलिभिजनका लागि जनशक्ति ब्यवथापन लगायतका काम तीव्र पारिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij