२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ। बिहान करिब ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आले मगरलाई पेस्तोल देखाएर लुट्न खोजेको थियो ।
घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव परीक्षक विष्टले बताए । मगरसँग पस्तोल धारीले मोबाइल मागेका थिए तर उनले मोबाइल दिन नमान्दा पेस्तोल बाटोमा झरेको थियो । त्यसपछि पस्तोल धारीले पस्तोल बाटोमै छोडेर भागेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij