२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र पोर्चुगलमा दुईजनाको निधन भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या (२० देशका) ३१५ पुगेको छ ।
संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, जापान, यूएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij