२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सामाजिक सञ्जाल इन्टाग्राम, ह्वाट्सएपको माध्यमबाट साथी बनेर दुई व्यक्तिले लाखौं रुपैयाँ ठगी गरेका छन् ।
आफूलाई नेदरल्याण्डको नागरिक बताएर बहुमूल्य सामग्री उपहार आएको भन्दै बैंकमा रकम जम्मा गर्न लगाएर ठगी गरिएको हो । ठगी आरोपमा प्रहरीले रुपन्देहीको मर्चवारी गाँउपालिका–४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गरेको छ ।
उनीहरुले आफूलाई नेदरल्याण्डको नागकिक बताएर जेरी जेम्स नामको आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाई साथी बनी इन्टाग्राम आईडी प्रयोगकर्तासँग कुराकानी हुँदै जाने क्रममा ‘म केमिकल इन्जिनियर हुँ मैले काम गर्ने कम्पनीको ७० वर्ष पुगेको उपलक्ष्यमा एक जनालाई गिफ्ट पठाउन पाईन्छ म तिमिलाई आईफोन ११ मोबाइल, ल्यापटप, गोल्ड लगायत बहुमूल्य सामानहरुको बक्स पठाई दिएको छु । उक्त सामान पाउनको लागी भन्सार बापत रकम पठाउनु पर्छ’ भनी प्रलोभन देखाएर विश्वासमा लिएका थिए।
त्यसबापत पीडितलाई नेपालमा रहेका कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डुका बिभिन्न ब्यक्तिहरुको खाता नम्बरमा पटक–पटक गरी १३ लाख ३९ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगि गरेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij